
पोखरा । पोखरा महागरपालिका वडा नं. ३० ढुंगेपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलमा नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन साथै वक्तृत्वकलामा थप निखार ल्याउने उद्देश्यले कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको हो ।
प्रतियोगितामा इश्नुशा सुवेदी प्रथम भएकी छन् । यस्तै, समर्पण बराल र समृद्धी बोहरा द्वितीय, संस्कृती आचार्य र आकांक्षा मल्ल तृतीय भएका छन् भने सशा थापा र अग्रता कँडेलले सान्त्वना स्थान हासिल गरे ।
कार्यक्रम संयोजन विद्यालयका शिक्षिका प्रभा तिमिल्सेना र बिन्दु रानाभाटले गरेका प्राचार्य प्रेमप्रसाद शर्मा जानकारी दिए ।





