पोखरामा जारी राष्ट्रिय हक्कीमा विभागीय टोली हावी

पोखरा । पोखरामा सोमबारदेखि सुरु भएको पाचौँ गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप जारी छ ।

खेल पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भइरहेकाे प्रतियोगिता आज बुधबार समापन हुनेछ ।

प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा विभागीय टोली हावी भएका छन् । विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६-० गोल अन्तरले पराजित गर्यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर, प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए ।

यसैगरी अर्को खेलमा नेपाल पुलिसले कोशी प्रदेशलाई ४-१ गोल अन्तरले पराजित गर्यो । पुलिसका लागि महेश धामी, सागर आचार्य, रोमन राणा र सुरज बोहोराले गोल गरेका थिए ।

कोशी प्रदेशको तर्फबाट रिसब चौधरीले एक मात्रै गोलले अग्रता दिलाएका थिए । सो खेलमा नेपाल पुलिसका महेश धामी प्लेयर अफ द म्याच बने ।

यसैगरी अर्को खेलमा कर्णाली प्रदेशले वागमती प्रदेशलाई २-० गोेल अन्तरले पराजित गरेको छ । कर्णालीका लागि दुवै गोल जीवन रावतले गरेका थिए । खेलमा रावत नै प्लेयर अफ द म्याच घोषित भए ।

अर्को खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेश वरुद्ध फराकिलो जीत हात पारेको छ । गण्डकीले लुम्बिनीलाई १०-० गोल अन्तरले पराजित गरेको हो । गण्डकीका लागि असिम बहेकले ३ गोल गरेका थिए ।

यसैगरी पवन परियार, कुशल नेपाली, प्रेम बिके तथा मोहन पुनले गण्डकीलाई सहज जित दिलाएका थिए । सो खेलमा गण्डकीका कुशल नेपाली प्लेयर अफ दि म्याच भए ।

यस्तै, कर्णाली प्रदेशले मधेश प्रदेशलाई २-० गोल अन्तरले पराजित गरेको छ । कर्णालीको लागि उज्ज्वल राजत र जीवन रावतले गोल गरेका थिए । यो खेलमा उज्ज्वल रावत प्लेयर अफ दि म्याच घोषित भए ।

यता, नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ८-१ गोल अन्तरले पराजित गरेको छ । नेपाल प्रहरीका लागि रोमन राना, सागर आचार्य, महेश धामी, सुरेश जोशीले गोल गरेका थिए भने, लुम्बिनीका लागि अदनाल अन्सारीले एकमात्र गोल गरेका थिए ।

नेपाल हक्की संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा भएको प्रतियोगितामा विभागीय दुई नेपाली सेना र नेपाल पुलिस तथा छ वटा प्रदेशका टीमको सहभागिता छ । प्रतियोगितामा को पाटो हेरिरहेको छ ।

प्रतियोगिता विजेताले ५० हजार, विजेताले ३० हजार र तेस्रो हुने टीमले १५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलाडीले विभिन्न ७ वटा विधामा ५/५ हजार नगद पुरस्कार व्यक्तिगतरुपमा प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button