
लमजुङ । लमजुङमा पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।
लमजुङको क्व्होंलासोथर गाउँपालिका वडा नं. ३ बगुम पच्युटोलमा पहिरोमा चार जना पुरिएकामा यअसघि ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको थियो ।
प्रहरी र स्थानीयवासीले खोजी गर्नेक्रममा उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको पनि शव भेटिएको हो ।
यता, गएराति लमजुङको दोर्दी गाउँपालिका वडा नं. ९ मा पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको थियो भने १८ वर्षीय मीलन सुनार घाइते भएका थिए ।
अविरल बर्षासँगै लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडक अझै पनि अवरुद्ध छ । बेँसीसहर नगरपालिका-६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको इन्स्पेक्टर चपाइँले जानकारी दिए ।





