जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती : पोखरामा विभिन्न कार्यक्रम आयोजना

पोखरा । जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा पोखरामा विभिन्न कार्यक्रम हुने भएको छ ।

नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा कास्कीस्थित एमालेका विभिन्न कमिटीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् ।

जसमा असार १२ गते रिट्रनि फेडेरेसन नेपालले मानव सेवा आश्रममा भोजन खुवाउनुका साथै र शैक्षिक सामाग्री वितरण गरेको बताइएको छ ।

यसैगरी एमाले कास्कीको आयोजनामा बिहीबार बिहान पृथ्वीचोकबाट जिरो किमीसम्म सरसफाई कार्यक्रम गरिएको छ ।

यसैगरी १४ गते मदनजयन्ती विशेष कार्यक्रमअन्तर्गत केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीसँग विचार गोष्ठी आयोजना गरिएको छ । बिहान ११ बजे हुने यो कार्यक्रम एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको हो ।

यस्तै, असार १५ गते राष्ट्रिय युवा संघ नेपालले मदनसँग युवा नामक विचार गोष्ठी जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको छ ।

विसं २०५० जेठ ३ गते भण्डारी र सङ्गठन विभागका तत्कालिन प्रमुख जीवराज आश्रितको पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button