कांग्रेस युवा नेता सागर गुरुङलाई पितृशोक

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल तरुण दलका केन्द्रीय सदस्य सागर गुरुङलाई पितृशोक परेको छ ।

उनका पिता पदमबहादुर गुरुङको ८० वर्षको उमेरमा आज बिहान २ः५० बजे पोखरा-२९ आदर्शचोकस्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।

उनकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । उनका एक छोरा सागर र एक छोरी मनदेवी गुरुङ छन् ।

स्वर्गीय गुरुङको आज दिउँसो १ बजे गुरुङ धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गुरुङको निधनप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नं. १ ले दुःख व्यक्त गरेको छ । पार्टी सचिव सरोज केसीले शोक विज्ञप्तिमार्फत गुरुङ निधनप्रति दुःख व्यक्त गर्दै पार्टीका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरे ।

केसीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘अभिभावक पदमबहादुर गुरुङको निधनको खबरले हामी स्तब्ध एवं मर्माहत भएका छौँ । यस दुःखद् घडीमा अमर आत्माको चिर शान्तिको कामना एवं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button