आज आठ सय रुपैयाँले सस्तियो सुनको भाउ

  • पोखरा न्यूज
  • २०८१ अषाढ १३
आज आठ सय रुपैयाँले सस्तियो सुनको भाउ

पोखरा । नेपाली बजारमा आज बिहीबार पनि सुन-चाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस