
पोखरा । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको एक लाख ४१ हजार आठ सयमा कारोबार भएको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार आठ सयमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन प्रतितोला एक लाख ४१ हजार एक सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एह हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





