पोखरामा जेसिबी रोलर मेसिनमा आगलागी, जलेर पूर्णरुपमा क्षति

पोखरा । पोखरामा आज जेसिबी रोलर मेसिनमा आगलागी भएर जलेको छ ।

गएराति १२ः३० बजे पोखरा महानगरपालिका वडा नं. ८ प्रतिभा मार्गमा सडक निर्माणका लागि पार्किङ गरी राखेको सिम्रन कन्ट्रक्सन महतगौँडाको जेसिबी रोलर मेसिनमा आगलागी भएको हो ।

आगलागीबाट सो मेसिन पूर्णरुपमा जलेको छ ।

आगलागी भएको सूचना प्राप्त गर्ने बित्तिकै वडा प्रहरी बैदामबाट खटिएको टोली, स्थानीय र र दमकलको सहायताले करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।

आगलागी हुनुको कारण नखुलेको र अनुसन्धान भइरहेको डीएसपी शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button