कास्कीको लुम्लेमा यौनिकता शिक्षा तालिम

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा यौनिकता शिक्षासम्बन्धी तालिम सुरु भएको छ । कास्कीको लुम्लेमा सुरु भएको तालिम दुई दिन चल्नेछ ।

प्रज्ञा युथ फोरमको सहयोग र लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको समन्वयमा आयोजित तालिममा ३० जनाको सहभागिता रहेको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।

तालिम उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले समय परिवर्तन हुँदै जाँदा जनताका आवश्यकता पनि बद्लिएको बताए ।

उनले अन्नपूर्ण गाउँपालिका नेपाल परिवार नियोजन संघ कास्कीसँगको सहकार्यमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयार रहेको स्पष्ट पारे । उनले गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले समाज रुपान्तरणका लागि युवाको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताए ।

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख बलराम भुगाइँले मानिसको जीवनका लागि शिक्षा र स्वास्थ्य अत्यावश्यक रहेको बताए ।

त्यसअवसरमा नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका जनसम्पर्क अधिकृत विजय त्रिपाठीले बेलेका थिए ।

संघका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष विष्णुप्रसाद दाहालले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button