स्याङ्जामा पहिरोले घरगोठ पुरियो, आमाछोरीको घटनास्थलमै मृत्यु

  • पोखरा न्यूज
  • २०८१ अषाढ १५
स्याङ्जामा पहिरोले घरगोठ पुरियो, आमाछोरीको घटनास्थलमै मृत्यु

पोखरा । अविरल वर्षासँगै स्याङ्जामा पहिरोले घर पुरिँदा आमाछोरीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा फेदीखोला गाउँपालिका वडा नं. ५ बांगेका ३१ वर्षीया दुर्गा जिटी र उनकी छोरी ३ वर्षीया निसिका जिटी छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गएराति ११ः३० बजे घरमाथिबाट आएको पहिरोले घर र गोठ पुरिँदा उनीहरुको मृत्यु भएको हो । साथै सो घटनामा गोठमा रहेको एउटा भैंसीसमेत मरेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस