सुनिल खड्का बने कमेडी च्याम्पियन

  • पोखरा न्यूज
  • २०८१ अषाढ १५
सुनिल खड्का बने कमेडी च्याम्पियन

पोखरा । ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि सुनिल खड्काले जितेका छन् ।

शनिबार भएको अन्तिम प्रतिस्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बनेका हुन् ।

विजेता घोषित भएसँगै उनले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे।

प्राप्त मतको आधारमा काफ्ले दोस्रो (फस्ट रनरअप) र खनाल तेस्रो (सेकेण्ड रनर अप) बनिन् ।

प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको रुपमा थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस