भारत बन्याे विश्वकप च्याम्पियन

पोखरा । भारतले टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो ।

हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेलेपनि दक्षिण अफ्रिकाको हार टर्न सकेन । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किँदा ऋषभ पन्त शून्य रनमै आउट भए । सूर्यकुमार यादव पनि ३ रन मात्रै जोडे ।

कोहली र अक्षर पटेल मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फकिएको थियो । पटेलले ३१ बलमा ४७ रन बनाए ।

शिवम दुवेले पनि २७ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २-२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १-१ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button