पोखरा । स्याङ्जाका जीतबहादुर गुरुङ र सचिन प्रधान नेपाल भूपू सैनिक संघ गण्डकी प्रदेशको कार्यसमितिमा मनोनित भएका छन् ।
संघका केन्द्रीय अध्यक्ष मेघराज टण्डनले आइतबार उनीहरुलाई संघको प्रदेश कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।
संघको विधान २०४७ (संशोधनसहित) को परिच्छेद ११ (झ) बमोजिम जीतबहादुर र सचिनलाई प्रदेश कार्यसमिति सदस्य पदमा मनोनित गरेको अध्यक्ष टण्डनले जानकारी दिए ।
साथै उनले जीतबहादुर र सचिनले संघको विधिविधान अनुशासित ढंगले पालना भई संघ थप गतिशील बन्ने विश्वास व्यक्त गरे ।
संघको गण्डकी प्रदेश कार्यसमितिको नेतृत्व प्रयागराज भण्डारीले गरिरहेका छन् ।
यसैबीच नेपाली कांग्रेस गण्डकी प्रदेश भातृसंस्था समन्वय विभाग प्रमुख तथा कार्यसम्पादन समिति सदस्य अजित क्षेत्रीले जीतबहादुर र सचिनलाई बधाई ज्ञापन गर्दै संघ थप गतिशील बन्ने विश्वास व्यक्त गरेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution