
पोखरा । एसईई गायन प्रतियोगिताको उपाधि गौरीशंकर मावि पोखरा-२५ हेमजाका अर्जुन विकले जितेका छन् ।
सो प्रतियोगितामा ज्योति इङ्गलिस बोडिङ्ग स्कुल स्याङ्गजाकी कृष्टिना गुरुङ द्वितीय, धवलागिरी बोर्डिङ स्कुलका सागर विक तृतीय, त्रिभुवन शान्ति नमुना माविका दर्शन पौडेलले सान्त्वना स्थान हासिल गरे ।
पोखरा-२५ हेमजास्थित धवलागिरी सेकेण्डरी स्कुलले प्रतियोगिता आयोजना गरेको हो । सुनिल गायक संयोजक रहेको प्रतियोगिताको निर्णायकमा सविन गायक, सुजित परियार र समीर रामदाम थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
विजयी विद्यार्थीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, विद्यालयका प्राचार्य शिवबहादुर रेग्मीलगायतले पुरस्कार प्रदान गरेका थिए ।





