पोखराको कालिका बहुमुखी क्याम्पसले पायो क्युएए, अब के हुन्छ ?

पोखरा । पोखरास्थित कालिका बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।

शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गरेको हो ।

क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तर्राष्ट्रिय मापन भएकोले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सहज हुने क्याम्पस प्रमुख बिरन्जी गौतमले जानकारी दिए ।

क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई सरकारी निकायबाट अनुदानलगायतका सुविधा प्राप्त हुने गर्छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष किरण केसीले लामो समयको निरन्तर मेहेनेतका कारण क्याम्पसले क्युएएको प्रमाणपत्र प्राप्त गरेको बताए । उनले आगामी दिनमा थप विषयका कक्षा सञ्चालन, भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको बताए ।

२०४८ सालमा स्थापित क्याम्पसमा एमए, एमबिएस, बिए, बिबिएस र बिएड तहको अध्यापन हुँदै आएको छ ।
क्याम्पसमा हाल एक हजार छ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

यसअघि जनप्रिय बहुमुखी क्याम्पस, कन्या क्याम्पस र पृथ्वीनारायण क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button