जीप दुर्घटनामा दुई जनाको मृत्यु

पोखरा । रोल्पामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

जिल्लाको माडी गाउँपालिका वडा नं. २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु१ज ३२५२ जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । हालसम्म पाँच घाइतेलाई अस्पताल ल्याइएकामा दुई जनाको मृत्युको घोषणा भएको प्रहरीले जनाएको छ ।

जीपमा १५ जना सवार रहेको र उनीहरुको उद्दार गरेर जिल्ला अस्पताल पुर्याइएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button