एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने

पोखरा । अन्नतः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने कांग्रेस र एमालेबीच सहमति भएको छ । सहमतिमा हस्ताक्षर आजै राति गर्ने सम्भावना रहेको बताइएको छ ।

यसका लागि कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत नेता र एमाले महासचिव शंकर पोखरेललगायतका नेता बसेर केहीबेर अघि सहमति गरेर दुवैतर्फका नेता ओली निवास र देउवा निवासतर्फ लागेको कांग्रेसका एक नेताले बताए ।

शनिबार अध्यक्ष ओली र सभापति देउवा बसेर नयाँ सरकार बनाउने मोटामोटी सहमति गरेका थिए । यसका लागि सभापति देउवा ओली निवासमै पुगेर तीन घण्टा छलफल गरेका थिए । यो सहमति पछि ओलीले आइतबार यथास्थितिमा देश अघि नबढ्ने बताएका थिए ।

दुई दलबीचको यो सहमतिसँगै एमाले अध्यक्ष ओली तेस्रो पटक प्रधानमन्त्री बन्ने अवस्था आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button