प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ ।

पछिल्लो राजनीतिक घटनाक्रमसँगे प्रधानमन्त्रीले बोलाएपछि अध्यक्ष ओली केहीबेर अघि बालुवाटार पुगेका थिए ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता भएको हो ।

एमालेबाट मन्त्री बनेकाहरूले आजै राजीनामा दिने तयारी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button