|फाइल तस्बिर ।
पोखरा । कालीगण्डकी नदी किनारबाट म्याग्दीका एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रघुगंगा गाउँपालिका-१ तिप्ल्याङका ७ वर्षीय अधिव अधिकारी छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार सोमबार ११ः१५ बजे ती बालक कालीगण्डकी किनारबाट बेपत्ता भएका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार तिप्ल्याङका १७ वर्षीय रवि नेपालीले सोही ठाउँका दिलिप नेपालीका छोरा अधिवलाई साथी लिएर कालीगण्डकीमा माछा मार्न पुगेका थिए ।
बालक, मोवाइल र झोलालाई नदी किनारमा राखेर रवि माछा मार्न लागे । रवि करिब १ घण्टापछि फर्किएर आउँदा सो ठाउँमा बालक थिएनन् ।
बालकले लगाएका एउटा मात्र चप्पल र अन्य सामान रहेको तर बालक नभेटिएपछि रविले तत्कालै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले सोमबार दिनभर खोजी गर्दा पनि बालकको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
आज मंगलबार वर्षा भइरहेका कारण खोजी हुन नसकेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution