
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमाले कांग्रेस गठबन्धनमा सहभागी नहुने भएको छ । आज बिहान बसेको रास्वपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको निर्णय गरेको हो ।
सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार अब बन्ने गठबन्धनमा रास्वपा सहभागी नहुने निर्णय भएको छ ।
दलको बैठकले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको र यसले देशलाई राजनीतिक स्थायित्व पनि दिन नसक्ने निष्कर्ष निकालेको उनले जानकारी दिए ।
उनले भने, ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने पार्टीको निष्कर्ष छ ।’
गएराति एमाले र कांग्रेसले नयाँ सरकार निर्माण गर्ने सहमति गरेका थिए । अबको बाँकी अवधिमा आधाआधा कार्यकाल सरकार सञ्चालन गर्ने, जसमा पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्ने गरी दुई दलबीच सहमति भएको छ ।





