
सिराहा । सिराहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका वडा नं. २० हरिनगरा बस्ने ५२ वर्षीया राधापति देवी सुडी रहेकी छन् ।
प्रहरी प्रधान कार्यालयले प्रेषित गरेको दैनिक समाचार बुलेटिन अनुसार सोमबार बिहान आफ्नै घरको कलमा जडान भएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट करेन्ट लागेर सुडी गम्भीर घाइते भएकी थिइन् ।
उनको सप्तऋषि अस्पताल लाहान हुँदै थप उपचारका लागि जेनिस अस्पताल सप्तरीमा लगिएको थियो ।
सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





