
पोखरा । राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा-२६ मा वृक्षरोपण गरेको छ ।
७३औं मदन जयन्तीको अवसरमा शिवशक्ति आधारभूत विद्यालय प्राङ्गणमा वृक्षरोपण गरिएको संघका अध्यक्ष शंकर पौडेलले जानकारी दिए ।
सो अवसरमा ४ सय ८४ वटा फलफूलका विरुवा रोपिएको उनले बताए ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीको उपस्थितिमा वृक्षरोपण गरिएको हो ।
सो अवसरमा नेता राजीव पहारी, पार्टीका कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायत सहभागी थिए ।





