
पोखरा । लायन्स क्लब अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ ।
क्लब अध्यक्ष परशुराम पौडेलले आफ्ना माता पिता दण्डपाणि/भीमकलाको स्मृतिमा ५१ हजार राशिको शैक्षिक अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोष दाता पौडेलले लायन्सका एरिया जोन प्रमुख सूर्यप्रसाद बरालको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक वासुदेव पौडेललाई रकम हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा लायन्सका जोन प्रमुख बरालले सामाजिक सेवाको क्षेत्रमा लायन्स अग्रणी संस्था रहेको बताए । उनले बालबालिकाको शैक्षिक विकासमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
क्लब अध्यक्ष पौडेलले अक्षयकोषले विद्यालयका बालबालिकाको शैक्षिक सुधारमा केही हौषला थपिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष एनबहादुर ऐर, पूर्वअध्यक्ष सञ्जीवबहादुर कोइराला, मोहनबावु खड्का, राजेन्द्र कार्की, शरदकुमार सापकोटा, रामचन्द्र अधिकारी, विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, सल्लाहकार महेश्वर पौडेल लगायतले बोलेका थिए ।
विद्यार्थीलाई सम्मान
विद्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईइ) उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा अशिम सुनार, विजय पौडेल, निश्चल सुनार, मञ्जित सुनार, प्रगति सुनार र झरण गर्वुजा छन् ।
२०४७ सालमा स्थापना भएको विद्यालयले २०५२ सालमा पहिलो पटक प्रवेशिका परीक्षामा सहभागिता जनाएको थियो ।





