काभा महिला भलिबल च्याम्पियनसिपः गण्डकीबाट आशिका क्षेत्री परिन् टोलीमा

पोखरा । नेपाल भलिबल सङ्घले काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ । टोलीमा गण्डकी प्रदेशबाट एकमात्र खेलाडी आशिका क्षेत्री समेटिएकी छन् । उनी बागलुङ जैमिनी नगरपालिका वडा न. ७ जैदी बोरकी हुन् ।

नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले दिएको जानकारी अनुसार टोलीमा बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ छन् ।

यस्तै लुम्बिनीका नीशा चौधरी, अनुषा चौधरी, मीना सुनार र आरती चौधरी छनोट तथा सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना टोलीमा समेटिएका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुनमगर रहेका छन् । प्रतियोगिता यही असार ३१ गतेदेखि साउन ९ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button