पोखरामा मोटरसाइकल दुर्घटना : चालक गम्भीर घाइते, फेवासिटीमा उपचार हुँदै

पोखरा । पोखरामा आज बिहानै मोटरसाइकल दुर्घटना भएको छ ।

पोखराको मुस्ताङचोकबाट पृथ्वीचोक आउँदै गरेको बा९०प ५८३९ नम्बरको मोटरसाइकल आज बिहान ७ः१० बजे दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा चालक विदेशी नागरिक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि फेवासिटी अस्पताल लगिएको छ ।

तीव्र गतिका कारण नागढुंगाको उकालो नजिकै सडक पेटीभन्दा पर परेको चौतारोमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button