
पोखरा । अविरल बर्षासँगै फेवातालमा पानीको बहाव बढेको छ । तालमा पानीको बहाव बढेपछि बाराही घाटदेखि फेवाताल जाने बाटो पूरै जलमग्न भएको छ । जसका कारण तालबाराही मन्दिर जाने दर्शनार्थीलाई कठिनाई भएको छ ।
हिजोदेखि फेवातालको ड्याम बन्द गरिँदा तालको पानी माथिसम्म आइपुगेको बताइएको छ ।
‘लगातारको वर्षाले फेवातालमा पानी बढिरहेको थियो । ड्याम बन्द गरिँदा पानीको सतह माथि आएको हो’, तालबाराही महाआरती समितिका एक सदस्यले भने ।
तस्बिरहरु पत्रकार इन्द्र पौडेलको फेसबुकबाट









