
पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ८० जना ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गरिएको छ ।
पोखरास्थित मणिपाल शिक्षण अस्पतालको समन्वय र सहकार्यमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
ट्राफिक प्रहरीको नाक, कान र सुगर जाँच गरिएको थियो ।
डा. श्रीया गौतम र डा. अशोकुमार महतोले स्वास्थ्य चेकजाँच गरेका थिए ।
चोकजाँचका क्रममा समस्या देखिएकाहरुलाई मणिपालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताइएको छ ।





