
पोखरा । पोखरा महानगरपालिका वडा नंं. २ अर्चलबोट नजिकै सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा पोखरा १ बगरका ३२ वर्षीय अंकिललाल श्रेष्ठ र उनकी श्रीमती समृद्धी श्रेष्ठ छन् ।
उनीहरु दुवैको न्यूरोड स्थित पद्यश्री एलाइन्स अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ ५ः४५ बजेतिर हरिचोकदेखि जिरो किमीतर्फ आउँदै गरेको बा२१च ५१६२ नम्बरको स्कारपियो र विन्ध्यवासिनीतर्फ जाँदै गरेको ग२च ८२८८ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी र स्कारपियोका चालक भक्तपुरका देवनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नोट : यसअघिको समाचारमा दुर्घटनास्थल अर्चलबोट हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।





