
पोखरा । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुंगा-बेनी सडक अवरुद्ध भएको छ ।
भारी वर्षाका कारण कुश्मा नगरपालिका वडा नं.१ मालढुंगा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
पर्वतका ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाका अनुसार आज बिहानदेखि सडक अवरुद्ध बनेको हाे ।
सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन् ।
अन्यत्रबाट आएका सवारीसाधन मालढुंगामा रोकिएका छन् ।





