पहिरा खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध

पोखरा । अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडक अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना-४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो । उनले भने, “अहिले पहिरो पञ्छाउने काम भइरहेको छ ।”

प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button