पोखराको डाँडागाउँमा पहिरोले घर पुरियो

पोखरा । पोखरामा पहिरोले घर पुरिएको छ । पोखरा महानगरपालिका वडा नं. ३२ डाडाँगाउँस्थित राजन विकको घर पुरिएको हो ।

अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले राजनको एकतले कच्ची घरको भान्साकोठा पुरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घरका सबै सदस्य सकुशल रहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button