स्याङ्जा आँधिखोला किनारमा पर्वतका झलक पौडेलको शव भेटियो

पोखरा । स्याङ्जाको आँधिखोला किनारमा एक शव फेला परेको छ ।

शव पर्वतको फलेवास नगरपालिका वडा नं. १ का अन्दाजी ४० वर्षीय झलक पौडेलको भएको प्रहरीले जनाएको छ ।

आँधिखोला गाउँपालिका वडा नं. ४ सेपतस्थित नदी किनारमा पौडेलको शव भेटिएको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए ।

शव खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा फेला परेको डीएसपी रानाले बताए ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button