
तनहुँ । ऋषिङ गाउँपालिका-१ झापुटारमा ढुङ्गा लागेर शनिबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ढुंगा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।





