|फाइल तस्बिर
पोखरा । पोखरामा चितुवाको आक्रमणमा परी एक प्रहरी जवान घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी चौकी छोरेपाटनमा कार्यरत ३२ वर्षीय नारायणप्रसाद तिवारी छन् ।
उनको अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
शनिबार साँझ ५ः३० बजे पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित श्याम बास्तोलाको बारीमा चितुवा आएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई गई चितुवा धपाउने क्रममा चितुवाले तिवारीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । तिवारी स्याङ्जाको आँधीखोला गाउँपालिका निवासी हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution