पोखरा । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य एक हजार रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा कारोबार भइरहेको छ ।
आज सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार चार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९० रूपैयाँ पुगेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution