बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति एमाले संसदीय दलद्वारा दुःख व्यक्त

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलको कार्यालयले बाढी पहिरोले देशभर पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो दुःख व्यक्त गरेका हुन् ।

‘बाढी, पहिरो र डुवानमा परी ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’

प्राकृतिक विपत्तिको असहज अवस्थामा सम्बन्धित निकायलाई थप प्रभावकारी र सक्रिय बनाउन एवं उद्दार, राहत, उपचार, क्षतिपूर्ति, पुनःस्थापना र थप जनधनको क्षतिबाट जोगाउने कार्यलाई तीव्रता दिन सरकारसँग दलले माग गरेको छ ।

साथै जनतामा समस्या परेको बेला सक्दो सहयोग पुर्‍याउनु सर्बको कर्तव्य भएको उल्लेख गर्दै प्राकृतिक विपत्तिको बेला आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ ।

दलले वर्षातको यस समयमा बाढी पहिरोको जोखिमप्रति आफू सजग रहन र अरुलाई पनि सजग गराउन अपिल गरेको छ भने यस विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button