
पोखरा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान गण्डकी प्रदेशद्वारा भजन मूल्याङ्कन निर्णायक तालिमको समीक्षा गरिएको छ । प्रतिष्ठानका अध्यक्ष बसन्त बास्तोलाको अध्यक्षतामा भएको बैठकमा समीक्षा गरिएको हो ।
सो अवसरमना संस्थापक अध्यक्ष एवं मुख्य प्रशिक्षक प्रजापति पराजुलीले भजन मूल्याङ्कन निर्णायक तालिम निकै महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम आगामी दिनमा पनि अघि बढाउन आग्रह गरे ।
सल्लाहकार डा. तुलसी (प्रवास) खनालले तालिमबाट महत्वपूर्ण शिक्षा हासिल गर्न सफल भएको भन्दै प्रतिष्ठानको गतिविधिको खुलेर प्रशंसा गरे ।
केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारीले धर्म, संस्कार र संस्कृति संरक्षणमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
सो अवसरमा प्रतिष्ठानका उपाध्यक्षद्वय भोला भण्डारी, सावित्रा त्रिपाठी, कोषाध्यक्ष सरला पाण्डे, सहकोषाध्यक्ष तारा थापा, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज हरिकृष्ण घिमिरे, कास्की जिल्लाका अध्यक्ष शालिग्राम गौतम, प्रदेश कमिटीका महासचिव लेखनाथ तिवारी, लमजुङ जिल्ला सहसचिव चन्द्रकला घिमिरे, प्रदेश कमिटी सदस्यद्वय प्रकाशचन्द्र वाग्ले र रामप्रसाद अधिकारीले बोलेका थिए ।
प्रतिष्ठानका अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको बैठक सञ्चालन प्रदेश समितिका महासचिव लेखनाथ तिवारी गरेका थिए भने स्वागत प्रदेश समिति सदस्य नेत्र बानियाँले गरेका थिए ।
राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले गत वैशाख २८ र २९ गते पहिलो पटक पोखरामा भजन तथा प्रतियोगिता मूल्यांकनसम्बन्धी तालिम आयोजना गरेको थियो । तालिममा ८५ जना प्रशिक्षार्थी सहभागी थिए ।





