बाढीपहिराले हालसम्म ७० को मृत्यु, ५ जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि सोमबार बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र ५ जना बेपत्ता भएको जानकारी दिए ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र ३ सय ३५ पशु चौपायको मृत्यु भएको छ ।

भारी वर्षाका कारण सोमबार पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

उक्त अवधिमा ४ हजार ७ सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र रु ९ करोड ५६ लाख ७४ हजार २ सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button