शुभकामना आमा समूहका सदस्यले लिए नेतृत्व विकास तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित शुभकामना आमा समूहका सदस्यले क्षमता अभिवृद्धि एवं नेतृत्व विकास तालिम लिएका छन् ।

वडा कार्यालयको सहयोगमा समूहमा आवद्ध ४५ जना सदस्यले उक्त तालिम लिएका हुन् । तालिममा सहभागीलाई पत्रकार घनश्याम पाण्डेले प्रशिक्षण दिएका थिए ।

आमा समूहका प्रत्येक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको समूहकी अध्यक्ष कोकीला श्रेष्ठले जानकारी दिइन् ।

तालिम उद्घाटन गर्दै वडाध्यक्ष राधिका शाही योगीले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन्

उनले आमा समूहका बैठक तथा औपचारिक कार्यक्रम सञ्चालन, माइन्यूट लेखनका साथै प्रस्तुतिमा तालिम कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरिन् ।

उनले सबै सदस्यले नेतृत्व विकास गर्दै राजनैतिक, सामाजिक तथा आर्थिक विकासमा जोडिनुपर्ने खाँचो औंल्याइन् ।

वडासदस्य शिवराम भण्डारीले सक्रिय सहभागिताबाट मात्र तालिमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै प्राप्त सिपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

समूहकी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडासचिव प्रमीला सुवेदी, म्यूजियम मार्ग टोल सुधार समिति अध्यक्ष हरि बास्तोला, समूहकी उपाध्यक्ष अन्जु गुरुङ, सचिव मीना द्वारेलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button