
पोखरा । पोखरास्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीका बारेमा चेतना फैलाउन सहकारी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको अध्यक्ष राजाराम शाहीले जानकारी दिए ।
सहकारी अभियान्ता तथा प्रशिक्षक भेषराज बरालले सहकारीलाई सही ढंगले सञ्चालन गर्न सबै सदस्यको सहयोग अपरिहार्य रहेको बताए । सो अवसरमा सहकारीका अवधारणासम्बन्धी विषयमा जानकारी गराए ।
प्रशिक्षक बरालले सहकारीको सञ्चालक समिति, लेखा तथा सुपरीवेक्षण समिति, ऋण तथा लगानी समितिका काम, कर्तव्य तथा सहकारी ऐनका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेरबहादुर उच्चै, नेपाल ठकुरी महिलाका अध्यक्ष सरस्वती हमाल, नेपाल ठकुरी भूपू परिवार कास्कीका अध्यक्ष फमसिंह नेपाल, ठकुरी युवा परिवार कास्कीका सचिव मोहन शाहीका साथै सहकारीका सदस्यहरु सहभागी थिए ।





