एम्नेष्टी नेपाल अन्नपूर्ण समूह ५४ को २३औँ साधारणसभा

पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै एम्नेष्टी इन्टरनेशनल समूह ५४ का पूर्व संयोजक कोमलनाथ कुँवरले मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको बताए । उनले एम्नेष्टी अभियानलाई व्यापक बनाइ मानवअधिकार संरक्षण नयाँ उचाईमा पुर्याउनु पर्ने बताए ।

अर्का पूर्व संयोजक नवीनराज बरालले मानव अधिकारका क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्व संयोजकद्वय अनन्त कोइराला, भानु पराजुली, एम्नेष्टी इन्टरनेशनल समूह ८२ संयोजक नरेश बराललगायतले विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको मान जोगाइराख्न आग्रह गरे ।

कार्यक्रम संयोजक सुरेन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममासहसंयोजकमा विष्णुहरी पन्थीले स्वागत र सचिव अधिवक्ता मीना रानाभाटले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button