तनहुँका कोइराला पोखराको खुदीखोला पुलबाट हामफाले

पोखरा । पोखरामा पुलबाट हामफालेर एक जना घाइते भएका छन् । घाइते हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. १ का ४० वर्षीय नेत्रनाथ कोइराला छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार दिउसो २ बजे कोइराला पोखरा ३२ खुदीस्थित पुलबाट खुदीखोलामा हामफालेका थिए ।

कोइराला हामफालेको सूचना प्राप्त गर्नेबित्तिकै प्रहरी चौकी जनताको चौताराबाट प्रहरी टोली खटिएर उनको उद्धार गरेको थियो ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीका सूचना अधिकार प्रहरी नायव उपरीक्षक डीएसपी वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

उनी हामफाल्नुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button