पोखरा । पोखरास्थित विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार भएको आरोपमा २ जना सोमबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा-१७ बिरौटाका ४६ वर्षीय किरण कपाली र पूर्व लेखा समिति संयोजक ४५ वर्षीय बुद्धिसागर ढकाल छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेर उनीहरुलाई अदालतमा उपस्थित गराएको छ ।
सहकारीको रकम अपचलन सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झन्डै सात करोड रुपियाँ हिनामिना देखिएको छ ।
सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल पुर्पक्षका लागि जेलमा छन् ।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदीले मिलेर कार्यसमितिका अरूको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution