मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बाँके । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा सुर्खेत गुर्बाकोट नगरपालिका वडा नं. ९ का ४५ वर्षीय बलबहादुर वली छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका वलीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्लाको मकोहलपुर नगरपालिका वडा नं. ३ हनुमान मन्दिरस्थित सडकमा भे९प २३३३ नम्बरको मोटरसाइकल भे१त ३६९३ नम्बरको ट्रयाक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button