स्पेन यूरो कपको फाइनलमा, फ्रान्स स्तव्ध

पोखरा । स्पेन यूरोकपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।

स्पेनलाई फाइनमा पुर्याउन लामिन यमल र डानी ओल्मोले गोल गरे । फ्रान्सकातर्फबाट लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेका थिए ।

खेल शुरु भएको ९ मिनेटमै कप्तान केलीयन एम्बाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए ।

त्यसको ४ मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रताका साथ स्पेन फाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनलमा आज राति इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिच खेख हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button