
पोखरा । नेपालमा आज बिहानै भूकम्प गएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ तापेथोक आसपास केन्द्रबिन्दु बनाएर बिहान १ बजेर ४६ मिनेटमा ४दशमलव४ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का ताप्लेजुङ र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।





