मणिपाल शिक्षण अस्पतालको करसम्बन्धमा कांग्रेसको ध्यानाकर्षण

पोखरा । नेपाली कांग्रेसले पोखरास्थित मणिपाल शिक्षण अस्पतालसँग लिनुपर्ने पूरै कर लिएर मात्र भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिन माग गरेको छ ।

नेपाली कांग्रेस कास्की र नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र बुझाउँदै मणिपालसँग लिनुपर्ने करका सम्बन्धमा धेरै प्रश्न उठेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘मणिपाल एजुकेशन एण्ड मेडिकल प्रालिबाट संकलन गनुपर्ने राजश्वसम्बन्धी विषय वि.सं. २०५३ सालदेखि उठ्दै आएको समस्या अहिले उजागर भएको छ’, कास्की कांग्रेस सचिव देवेन्द्र रानाभाट र महानगर समिति टुवराज बास्तोलाद्वारा संयुक्तरुपमा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘२०५३ देखिनै मणिपाल शिक्षण अस्पतालको नक्शा पासदेखि यसको सम्पन्नता प्रमाणपत्र उपलब्ध गराउनेसम्बन्धी विवाद कायमै रहँदा रहँदै पोखरा महानगर पालिका राजश्व परामर्श समितिको मिति २०७९ साल फाल्गुन २५ गते बसेको बैठकको निर्णय र पोखरा महानगर कार्यपालिकाको मिति २०७९ चैत्र १० गते बसेको बैठकको निर्णय नं ८ अनुसार मणिपाल शिक्षण अस्पतालबाट लिनुपर्ने नक्शापाससम्बन्धी राजश्व लिई सम्पन्न प्रमाणपत्र दिने व्यवस्था मिलाउने भन्ने एकातर्फी निणर्य रहेको र सोही बैठकको निर्णय नं ३३ मा राजश्व परामर्श समितिको सिफारिसबमोजिम नियमित दस्तुर दिई सम्पन्न प्रमाणपत्र लिन चाहेमा व्यवस्था मिलाउनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने गरी गरिएको निर्णयप्रति हाम्रो गम्भीर प्रश्न छ ।’

आर्थिक वर्ष २०७६÷०७७ को महालेखापरीक्षको अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार २१ करोड ५७ लाख ११ हजार ७ सय ९८ रुपैयाँ बेरुजु असूलउपर गरी सम्पन्न प्रमाणपत्र दिनु पर्नेमा छानविन समिति गठन, छुट दिने निर्णय बदर गर्ने निर्णय गनुएले सत्यतथ्य लुकाउन खोजिएको त होइन ? भनेर कांग्रेसले महानगरसँग प्रश्न गरेको छ ।

यस विवादसम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रण लिइसकेको अवस्था र सर्वोच्च अदालतको अल्पकालीन आदेशको उच्च सम्मानसहित यथाशीघ्र सत्यतथ्य विवरण सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ ।

ध्यानाकर्षण पत्र

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button