पहिरोले पृथ्वीराजमार्ग पूर्णरुपमा अबरुद्ध

  • पोखरा न्यूज
  • २०८१ अषाढ २६
पहिरोले पृथ्वीराजमार्ग पूर्णरुपमा अबरुद्ध

|फाइल तस्बिर

पोखरा । पहिरो खसेपछि पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीओढारमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडकमा अवरोध भएपछि पोखरातर्फ आउने र पोखरालगायतका ठाउँबाट अन्यत्र गन्तव्यमा हिँडेका सयौँ सवारीसाधान अलपत्र परेका छन् ।

डोजरसहितको प्रहरी टोली घटनास्थलमा पुगेपछि पानी नरोकिएकाले पहिरो पन्छाउन कठिन भएको डीएसपी दीपककुमार रायले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस