पोखरा-३१ की वर्षा बेगनासतालमा हामफालिन्

पोखरा । कास्कीस्थित बेगनासतालमा आज बिहान एक महिलाको शव भेटिएको छ ।

उक्त शव पोखरा-३१ भाटाको मूल बस्ने ३२ वर्षीया वर्षा तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार तिमिल्सिना आज बिहान करिब ४ बजे बेगनासतालमा हामफालेर आत्महत्या गरेकी थिइन् । उनी हामफाल्नुको कारण खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तिमिल्सिनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

बेगनासतालमा मंगलबार पनि एक जना पुरुषको शव भेटिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button