आज सुन-चाँदीको भाउ कति होला ?

पोखरा । आज बुधबार सुनको भाउ स्थिर रहँदा चाँदी भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँ रहेको सुन आज सोही मूल्यमै कारोबार भएको छ ।

यसअघि आइतबार सुनको भाउ हालसम्मकै उच्च एक लाख ४५ हजार चार सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँ रहेको चाँदी यस दिन एक हजार आठ सय ७० कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button